ललितपुरको बालकुमारीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

 साउन १५, २०७९ आइतबार ७:४८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरको बालकुमारीमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

बा ५७ प ३१४३ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको जीपले ठक्कर दिँदा मोटरसाइकलका चालक काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नम्बर ८ का आशिष लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा राति ११ बजे बीएण्डबी अस्पताल ग्वार्कोमा ज्यान गएको हो ।

जीप चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ  ।  
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया