चन्द्रागिरिमा ‘घरदैलो नर्स सेवा’

 साउन १५, २०७९ आइतबार १०:४६:२६ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - चन्द्रागिरि नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै आफ्ना सबै वडामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने भएकाे छ । याे सेवाले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, अपाङ्गता भएका तथा विपन्नलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग मिल्ने जनाइएको छ ।

नगरका मेयर घनश्याम गिरीले भन्नुभयो, 'यसै वर्षदेखि नगरका १५ वटै वडामा ‘घरदैलो नर्स सेवा’ थालनी हुने छ । ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी  मधुमेह र उच्च रक्तचापको निःशुल्क औषधि उपलब्ध गराउने छौँ । सबै वडाका स्वास्थ्य संस्थाले ज्येष्ठ नागरिकलाई घरमै सेवा पुर्याउने छन् ।'

स्वास्थ्य सेवा दिवसका उपलक्ष्यमा नगरपालिका, स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा उहाँले यसै वर्षदेखि चन्द्रागिरि–४ थानकोट प्राथमिक अस्पतालमा ‘डायलायसिस सेवा’ सुरुआत गर्न लागेको जानकारी दिनुभयो । १५ शय्याको यस अस्पतालले प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहित सेवा प्रदान गरिराखेको छ । साथै अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटुरोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा फरक क्षमता (अपाङ्गता) भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको छ ।

‘डायलायसिस सेवा’ले मिर्गौलाका बिरामीलाई थप सहज हुने उहाँले बताउनुभयो । मेयर गिरीले भन्नुभयो 'स्वास्थ्यकर्मीको पारिश्रमिकमा एकरुपताका लागि यसै आर्थिक वर्षदेखि प्रक्रिया अगाडि बढाइने छ ।'

कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष एवम् सामाजिक समितिका संयोजक घनश्याम लुइँटेलले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो । यस अवसरमा नगरपालिकाले १५ वटै वडाका स्वास्थ्य संस्थामा कार्यरत उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया