पोखरामा ठूलो वर्षासँगै डुबान

 साउन १६, २०७९ सोमबार १०:५९:४३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरामा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ ।

लगातारको ठूलो वर्षाका कारण कतै पहिरो गएको छ भने कतै डुबान भएको छ । पोखरा महानगरपालिका-१३ कमल पोखरी क्षेत्रका करिब एक सय घर डुबानमा परेको वडा अध्यक्ष किरण बरालले जानकारी दिनुभयो।

उहाँले गएराति १० बजेदेखि घरहरु डुबानमा पर्न थालेको र आफू रातभर डुबान क्षेत्रमा नै रहेको जानकारी दिनुभयो । ‘वर्षाको भलले निकास नपाउँदा डुबान भएको हो,’ वडा अध्यक्ष बरालले भन्नुभयो ।

यस्तै, पोखरा २९ सैनिक बस्तीमा पनि सडकमै खोला बगेको छ । सबैतिरबाट एकै ठाउँमा भल आएपछि डुबान भएको स्थानीय बासिन्दाले बताए ।

पोखरा–२१ को नाउडीमा पहिरो गइ सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा कलेज जाने विद्यार्थी, दूध किसान, कुखुरापालक किसान बढी मर्कामा परेका छन् ।

पोखरामा पछिल्लो २४ घण्टामा २ सय ४९ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी पोखराको लामापाटनमा रहेको स्टेसनमा ३ सय ३३ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया