न्यान्सी पेलोसी ताइवान पुगेपछि चीनद्वारा सैन्य अभ्यासको घोषणा, लडाकु विमान तैनाथ

 साउन १८, २०७९ बुधबार ९:६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चीन सैन्य अभ्यासको घोषणा गरेको छ । यसअघि हिजो पनि चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्ध विमानहरू उडाएको थियो । उसले थप लडाकु विमान तैनाथ राखेको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–ताइवान तथा चीन–अमेरिकाबीच तनाव बढेको छ । चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेकाे अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उप–विदेशमन्त्री से फेङले पेलोसी भ्रमणको नियत खराब रहेको र यसमा चीन चुप नबस्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

हिजो अबेर ताइवान पुगेकी पेलोसी आज त्यहाँको संसद्मा पुग्नुभएको छ । पेलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुनुहुन्छ । उहाँ बेइजिङको आलोचक समेत मानिनुहुन्छ । चीनले यो भ्रमणविरुद्ध यसअघि पनि चेतावनी दिएको थियो । चीनले चेतावनी दिए पनि ताइवान र आफ्नो सम्बन्धमा कुनै बदलाव नआउने अमेरिकाले चीनलाई जवाफ दिएको छ । चीनको परराष्ट्र मन्त्रालयले पेलोसीको भ्रमणप्रति आपत्ति जनाउँदै यो भ्रमणले एक चीन नीतिको गम्भीर रुपमा उल्लंघन भएको जनाएको छ ।

ताइवान एउटा स्वशासित टापु हो तर चीनले आफ्नो क्षेत्र मान्दै आएको छ । चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गरेको छ । सन् १९४० को दशकमा चीन र ताइवान अलग भएका थिए ।

 

 


 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया