पेलोसीद्वारा ताइवानको संसदमा सम्बोधन : अमेरिकाले अत्यन्तै खराब परिस्थितिको सामना गर्नुपर्ने चीनको चेतावनी

 साउन १८, २०७९ बुधबार ११:५३:१५ | एजेन्सी
unn.prixa.net

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले ताइवान विश्वकै स्वतन्त्र समाजमा पर्ने बताउनु भएको छ । बिहान ताइवानको संसदलाई सम्बोधन गर्दै उहाँले अमेरिका र ताइवानबीचको संसदीय आदन प्रदान गर्न चाहेको बताउनुभयो ।

पेलोसीले आगामी दिनमा अमेरिकाले ताइवानसँग विज्ञान प्रविधि तथा अनुसन्धानको क्षेत्रमा ठूलो लगानीको लागि सहकार्य गर्ने बताएका बीबीसीले जनाएको छ । यस्तै, उहाँले ताइवानका राष्ट्रपति साई इंग–वेनसँग भेटवार्ता गर्नु भएको छ । राष्ट्रपति भवनमा भएको भेटमा उहाँले ताइवानसँग अमेरिकाको सम्बन्ध महत्वपूर्ण रहेको बताउनुभयो । दुई देशबीचको सुमधुर सम्बन्धलाई लिएर गर्व लाग्ने भन्दै उहाँले आगामी दिनमा सम्बन्ध अझै प्रगाढ बन्ने दाबी गर्नु भएको छ ।

ताइवानलाई आफ्नो अभिन्न अंग दाबी गर्दै आएको चीनको चेतावनीका बाबजुद् सभामुख पेलोसी ताइवान पुग्नु भएको छ । यसैबीच, विरोधका बाबजुद उच्च अमेरिकी अधिकारी ताइवान पुगेपछि चीनले अमेरिकालाई गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । अमेरिकाले अत्यन्तै खराब परिस्थितिको सामना गर्नुपर्ने चीनले चेतावनी दिएको छ । यसैबीच चीनले थप ताइवानी उत्पादनलाई प्रतिबन्ध लगाएको छ ।  पेलोसीको भ्रमण लगत्तै  चीनले ताइवानी सामान र उत्पादनहरू प्रतिबन्ध लगाएको हो ।

 


अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया