सप्तकोसी नदी बस्तीमा पसेपछि ९ सय बढी परिवारलाई सुरक्षित ठाउँमा सारियो

२०४५ सालको भूकम्पअघिको बाटोमा सप्तकोसी फर्कियाे

 साउन १८, २०७९ बुधबार १३:४३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

उदयपुर – उदयपुरमा सप्तकोसी नदीको बाढी बस्तीमा पसेपछि प्रभावित भएका नौ सयभन्दा बढी परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । उनीहरूलाई अस्थायी शिविर बनाएर राखिएको उदयपुरका प्रहरी उपरीक्षक (एसपी) सुवास बोहराले जानकारी दिनुभयो । कतिपय प्रभावित विद्यालयमा आश्रय लिइरहेका छन् भने कतिपय आफन्तकोमा बसेका छन् ।

बेलका नगरपालिका वडा नम्बर ८ डुम्रीबोटबाट ५० मिटर लामो बाँध भत्काएर सप्तकोसी नदी बस्तीमा छिरेको हो । सप्तकोसीले आफ्नो धार परिवर्तन गरेका कारण बाढी र डुबानको समस्या बढेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । २०४५ सालको भूकम्पअघिको बाटोमा सप्तकोसी फर्किएको हो । २०४५ सालको भूकम्पपछि नदी पूर्व किनारतर्फ गएको थियो ।

सप्तकोसी बस्तीमा पस्दा झन्डै चार हजार जना मानिस प्रभावित भएका छन् । कोसी बस्तीमा पस्दा बेलका नगरपालिका वडा नम्बर १, २, ८ र ९ का बासिन्दा धेरै प्रभावित भएका छन् । १५ सय परिवारलाई सुरक्षित ठाउँमा सार्नुपर्ने देखिएकाले थप मानिसलाई पनि सुरक्षित ठाउँमा सार्ने काम भइरहेको एसपी बोहराले जानकारी दिनुभयो । उद्धारका लागि डुङ्गासहित तीन सय सुरक्षाकर्मी परिचालन भएका छन् । 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया