जमिन बाँझाे नछाेडी खेती गर्नुपर्छ, कृषिमा आत्मनिर्भर हुनुपर्छ : मन्त्री भुसाल

 साउन २०, २०७९ शुक्रबार १४:६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । 

आज शुक्रवार काठमाण्डाैमा गुरु ट्राभल्स लिमिटेडको उद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । उहाँले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निजी क्षेत्रले पनि कृषिलाई उद्योगको रूपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकीकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री भुसालले कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक विकास र सामाजिक विकासमार्फत सामाजिक न्यायमा आधारित समाजवादउन्मुख समाज निर्माण गर्ने प्रतिबद्धता हामीले संविधानमै गर्‍याैँ । अब त्यसको कार्यान्वयन तहमा हामी अगाडि बढेका छाैँ । त्यो विकास धेरै तरिकाले हुन्छ । तर आधारभूत कुरा चाहिँ तीन वटा हुन् भन्ने मलाई लाग्छ, एक नम्बर कृषि नै रहेछ । कृषिप्रधान देश, उर्बरा भूमि छ । जलस्रोतले सम्पन्न छौँ । सिँचाइको मात्रै उचित ढङ्गले व्यवस्थापन गर्दा र आधुनिक मल, बिउ र यान्त्रिकीकरण गर्दा हामी कृषिमा आत्मनिर्भर हुन सक्छौँ । हिजो निर्यात गर्ने राष्ट्र अहिले हामी आयात गरेर खाने राष्ट्र बनेका छौँ ।’

मन्त्री भुसालले विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्ने बताउनुभयो । त्यस्तै देशमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन जोड गर्नुपर्ने पनि उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Khum chidi

    Aug. 9, 2022, 8:13 a.m.

    सरकार यसो भन्दै गर्दा पाल्पाको माडिफसँटमा नेपाल विद्धुत प्राधिकरण ले २२० केभिए सब स्टेसन निर्माण का लागि खेतियोग्य जग्मिन नै मास्ने गरि अधिग्रहण गर्न लागेको छ ।अन्य स्थानमा विकल्प नहेरी सरकारी कानुनको हवाला दिदै डर देखाई जबरजस्ती मुआब्जा को नाममा किसान पेसा बाहेक कुनै सीप नभएका नागरीकलाई विस्थापित गर्ने र निमुखा बानाउने काम हुदै छ । मुआब्जा होइन कि बराबर जमिन नै उपलब्ध गराउ या बराबर जमिन किन्ने मुल्य उिन नि नसक्ने भनि जिल्ला प्रमुख अधिकारीको जवाफ छ। जग्गा संरक्षण मञ्च को सहयोग जरूरि होला जस्तो छ । त्यहि जग्गा बाहेक अरू खेति योग्जय जग्ग्गागा नहुनेको २/४ वर्ष पछि हरुवा चरुवा नागरिक हुने गरि सरकारी योजना आउनु दुर्भाग्य पूर्ण छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया