बझाङकाे बुङ्गलमा आमा, छोरा र छोरी झुन्डिएकाे अवस्थामा भेटिए

 साउन २५, २०७९ बुधबार १२:३१:५२ | डीबी बिष्ट
unn.prixa.net

साङ्केतिक तस्बिर

बझाङ - बझाङकाे बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएकाे अवस्थामा भेटिएका छन् ।

रारुका २२ वर्षीया गीता पार्की, उहाँकी पाँच वर्षीया छाेरी र तीन वर्षीया छाेरा भुपेन्द्र पार्की झुन्डिएकाे अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिनुभयाे।  मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेकाे छैन । 

गएराति उहाँका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका सिंहले जानकारी दिनुभएकाे छ । घटनाकाे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टाेली घटनास्थलतर्फ जाँदै छ । 

अन्तिम अपडेट: असोज ६, २०७९

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया