पहिरोले दोलखामा चार घरमा क्षति, झन्डै ५० घर जोखिममा

 साउन २६, २०७९ बिहिबार ११:५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दोलखामा गएरातिको पहिरोले चार घरमा क्षति पुगेको छ ।

बिगु गाउँपालिका-४ लादुकमा पहिरो जाँदा चार घरमा क्षति पुगेको र त्यहाँका झन्डै ५० घर जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । त्यहाँका सूचना अधिकारी सानु तामाङका अनुसार विस्थापितहरु आफन्तकोमा बसिरहेका छन् ।

अहिले प्रहरी, जनप्रतिनिधि पहिरो प्रभावित क्षेत्रमा छन् । उनीहरुको सहयोगमा स्थानीय बासिन्दाले पहिरोले क्षति पुर्याएको घरबाट सामान ओसार्न थालेका छन् । घरमाथि खनेको सडकका कारण पहिरोको खसेको स्थानीय बासिन्दाले बताएका छन् ।

यसअघि गएको २२ गते पहिरो जाँदा त्यहाँका चार वटा घरमा पूर्ण क्षति पुगेकाे थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया