झापामा नहरमा डुबेर दुई जना बालबालिकाको ज्यान गयाे

 साउन २७, २०७९ शुक्रबार ७:१३:५ | रासस
unn.prixa.net

फाइल फाेटाे

झापा - झापाको शिवसताक्षी नगरपालिका–९ मा रहेकाे कन्काई नहरमा पौडी खेल्न गएका दुई जना बालबालिकाको हिजाे डुबेर ज्यान गएकाे छ  ।

शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र त्यही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।

हिजाे बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसम्म नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । यस क्रममा शिवसताक्षी–९ काे कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र स्थानीयवासीले खोजी गर्ने क्रममा गए राति शिवसताक्षी–७ सताक्षी खोलामा दुवै जना डुबेको अवस्थामा फेला परेको प्रवक्ता थापाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया