भिरबाट लडेर एक जनाको ज्यान गयो

 साउन २८, २०७९ शनिबार १८:५०:२१ | दमन राई
unn.prixa.net

खोटाङ – खोटाङमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । 

ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गएकाे २१ साउनको राति पहिरो गएपछि बनेको भिरबाट लडेर ४७ वर्षीय भोजकुमार राईको शनिवार ज्यान गएको हो । 

भिरबाट करिब डेढ सय मिटर तल खसेका राईको तत्काल ज्यान गएकाे जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राईले बताउनुभयो । राई तल्लो गाउँमा झरेर घर जाने बेला भिरबाट लडेर ज्यान गएको हो । 

पहिरो गएको ठाउँमा अहिले डरलाग्दो भिर बनेको छ । आवत–जावत गर्ने मानव तथा गाईबस्तुलाई भिरबाट जोगाउन त्यहाँका बासिन्दाले पहिरोको शिरमा बाँसको घेराबारा हालेका छन् । तर घेराबारा नाघेर हिँड्ने क्रममा राई भिरबाट लड्न पुगेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन १९, २०८०

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया