जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
खोटाङ – खोटाङमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।
ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गएकाे २१ साउनको राति पहिरो गएपछि बनेको भिरबाट लडेर ४७ वर्षीय भोजकुमार राईको शनिवार ज्यान गएको हो ।
भिरबाट करिब डेढ सय मिटर तल खसेका राईको तत्काल ज्यान गएकाे जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राईले बताउनुभयो । राई तल्लो गाउँमा झरेर घर जाने बेला भिरबाट लडेर ज्यान गएको हो ।
पहिरो गएको ठाउँमा अहिले डरलाग्दो भिर बनेको छ । आवत–जावत गर्ने मानव तथा गाईबस्तुलाई भिरबाट जोगाउन त्यहाँका बासिन्दाले पहिरोको शिरमा बाँसको घेराबारा हालेका छन् । तर घेराबारा नाघेर हिँड्ने क्रममा राई भिरबाट लड्न पुगेको प्रहरीले जनाएको छ ।
खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।