कुनै अवरोध नभए अब दैनिक ३ सय ५० वटासम्म फोहरका गाडी बञ्चरेडाँडा पुग्छन् : मेयर शाह

 साउन २९, २०७९ आइतबार ८:६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कुनै अवरोध नभए अब दैनिक ३ सय ५० वटासम्म फोहर बोकेका गाडी बञ्चरेडाँडा पुग्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा मेयर शाहले लेख्नुभएको छ ‘फोहर बोकेका १ सय ५२ गाडी बञ्चरेडाँडा पुगे, अब दैनिक ३ सय ५० पुग्छन् ।’ उहाँका अनुसार कुनै अवरोध नभएमा दैनिक २ सय ५० देखि ३ सय ५० गाडी फोहर बोकेर बञ्चरेडाँडा पुग्नेछन् । हिजो बेलुका १ सय ५२ वटा गाडी फोहर बोकेर बञ्चरेडाँडा पुगेका हुन् ।

मेयर शाहका अनुसार काठमाण्डौबाट दैनिक ७५ गाडी फोहर निस्कन्छ भने त्यति नै मात्रामा विभिन्न पालिकाबाट पनि फोहर जम्मा हुनेगर्छ । तर नियमित फोहर उठ्न सकेको छैन । फोहरले काठमाण्डौको सडक दुर्गन्धित बनेको छ ।

पानी परेर बगेको ढलले फोहर छरपस्ट पारेको छ । तर नियमित रुपमा फोहर उठाउन र बञ्चरेडाँडासम्म पुर्याउन केही दिन लाग्ने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

तस्बिर : मेयर शाहकाे फेसबुक

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया