'मालदिभ्स नेपाली श्रमिकका लागि रोजगारीको राम्रो गन्तव्य हो'

 साउन ३१, २०७९ मंगलबार १३:५३:५७ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

म देव थापा पुलामी मगर । अहिले म मालदिभ्समा कार्यरत छु ।  यहाँको मौसम एकैनासको हुन्छ । यहाँ एकदम गर्मी पनि हुँदैन र एकदमै जाडो पनि हुँदैन ।

मौसम परिवर्तन भएको अनुभव नै हुँदैन । सधैँ एउटै मौसम छ भन्ने अनुभव हुन्छ यहाँ ।  हुन त यो मेरो कर्म भूमि हो । दुई चार वर्षका लागि पसिना बनाउनका लागि यहाँ आएको हु । यहाँका धेरै कुराले मलाई प्रभावित पारेको छ ।

सबैभन्दा पहिलो कुरा त यहाँका मानिसको व्यवहार हो । यहाँका मानिस एकदमै मिलनसार छन् । यो कामदार हो भनेर भेदभाव गर्दैनन् । सबैलाई समान व्यवहार गर्दा काम गर्न पनि छुट्टै ऊर्जा प्राप्त हुने रहेछ ।

परदेशी भूमिमा काम गर्नै आएको हो काम त गर्नु पर्छ । तर काम गर्न पनि त्यति गाह्रो छैन मलाई चाहिँ । यहाँ स्वतन्त्रता छ । हामी श्रमिकलाई कुनै पनि खालको बन्देज छैन । कसैले करकाप गर्दैनन् । आफ्नो हिसाबको लगाउन, खान र हिँड्न पाइन्छ । हुन त मालदिभ्स पर्यटकका लागि रोजाइमा पर्ने देश हो । त्यो हिसाबले पनि होला यहाँका धेरै व्यवस्थाहरू राम्रो छ । 

देश सानो र पानी नै पानीले घेरेको टापु भए पनि यहाँ घुम्न आउने मानिसहरूको सङ्ख्या ठुलो छ । यो देशको अर्थतन्त्रको मुख्य आधार नै पर्यटन हो भन्दा फरक नपर्ला ।

यहाँ होटेल व्यवसाय निकै राम्रो छ । रोजगारीको लागि आउने हामी नेपालीको सङ्ख्या पनि दिनहुँ बढ्दो छ । तर यहाँ हाम्रो दूतावास नहुँदा चाहिँ केही समस्या प¥यो भने कहाँ भन्ने होलाजस्तो लाग्छ । कोही नभएको जस्तो अनुभव हुन्छ बेला बेलामा ।

केही भइहालेमा हामीले गुनासो गर्ने भनेको श्रीलङ्कामा रहेको नेपाली दूतावासमा हो । त्यो त देश नै फरक हो । भौगोलिक हिसाबले पनि हामी मालदिभ्सबाट श्रीलङ्कासम्म पुग्न सम्भव हुँदैन ।

तर अन्य कुरा हेर्ने हो भने नेपालीका लागि मालदिभ्स राम्रो रोजगारीको गन्तव्य हो । तर कतिपय नेपालीले गलत काम गरिदिँदा भने बेलाबेलामा समस्या भएको कुराहरू सुनिन्छ । तर यहाँका मानिसले नेपालीहरूलाई एकदमै विश्वास र इज्जत गर्छन् ।

यो ठाउँमा श्रम बेच्न कै लागि आएको भए पनि हाम्रो मेहनतलाई यो देशले गरेको सम्मान देख्दा खुसी लाग्छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

6 Comments

  • Tanka khadka singer

    Nov. 3, 2022, 9:17 a.m.

    I'm ready to Maldives country

  •  0 Reply
  • Dev Chamling

    Aug. 19, 2022, 3:42 p.m.

    राम्रो छ /

  •  0 Reply
  • Dev Chamling

    Aug. 19, 2022, 3:40 p.m.

    कसरी त्यहा जान सकिन्छ सर? के काम राम्रो होला सुरक्षित त कमाईको हिसावले पनि

  •  0 Reply
  • Ganesh bahadur Gurung

    Aug. 18, 2022, 4:25 p.m.

    I am also interested

  •  0 Reply
  • ukesh Subedi

    Aug. 17, 2022, 7:13 a.m.

    कुनै बेला मौका मिल्यो भने मालदिभ्स आउने बिचार मा छु

  •  0 Reply
  • Naresh Khatri

    Aug. 16, 2022, 2:11 p.m.

    माल्दिभ्स आउन हामीले कहाँ सम्पर्क गर्ने त ? मा चाहिँ एकदम इच्छुक छु / कृपया भनिदिनुपर्यो ....

  •  0 Reply

तपाईको प्रतिक्रिया