जनतामा एमालेको ठूलो प्रभाव छ : ज्ञवाली

 साउन ३१, २०७९ मंगलबार १४:३३:३७ | रासस
unn.prixa.net

फाइल तस्बिर

बाँके – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताउनुभएको छ ।

नेकपा एमाले बाँकेले आज मङ्गलवार कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा छ भन्नुभयो ।  

पालिका चुनावमा हासिल गरेको मतले एमाले अहिले पनि ठूलो दल भएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘नीति, सिद्धान्त, विचार र पार्टीको सरकारले गरेका कामहरूले एमाले विजयी हुने बलियो आधार छ ।’ एमालेलाई सबै दल मिलेर घेराबन्दी गरे पनि उनीहरूको लक्ष्य प्राप्त हुन नसक्ने नेता ज्ञवालीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया