गएको वर्ष १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, ६ लाख ३७ हजार जनाले श्रम स्वीकृति लिए

 साउन ३१, २०७९ मंगलबार १८:३१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा १० खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा रेमिट्यान्स ४ दशमलव ८ प्रतिशतले बढेर १० खर्ब सात अर्ब ३१ कराेड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २ दशमलव २ प्रतिशतले बढेर आठ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।  

गएको वर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा बढेर तीन लाख ५४ हजार ६ सय ६० जना पुगेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ६२ दशमलव ८ प्रतिशतले घटेको थियो । 

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या गएकाे आर्थिक वर्षमा एक सय ९८ प्रतिशतले बढेर दुई लाख ८२ हजार चार सय ५३ जना पुगेको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया