श्रमिकका गुनासो सुन्न ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम सञ्चालन गर्दै श्रम मन्त्रालय

 भदौ ३, २०७९ शुक्रबार १३:१९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  श्रमिकका गुनासो सुन्न श्रम मन्त्री शेरबहादुर कुँवरले श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन गर्नुहुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी, गुनासो लगायतका विषयमा प्रत्यक्ष रूपमा साक्षात्कार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्री कुँवरले प्रत्येक आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा  श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन हुने छ । यो कार्यक्रममा श्रम मन्त्रालय र मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी, गुनासो लगायतका विषयमा मन्त्री आफैँले श्रमिकका कुरा सुन्ने मन्त्रालयले उल्लेख गरेको छ ।

कार्यक्रममा सहभागी हुन चाहनेहरूले निःशुल्क रूपमा ११४१ र १६६००१५००५ नम्बरमा, विदेशबाट सशुल्क ००९७७१५९७००८ नम्बरमा र भाइबारमार्फत ००९७७९८०१८०००१३ नम्बरमा सम्पर्क गर्न सकिन्छ । श्रम मन्त्री उपत्यका बाहिर भएको अवस्था बाहेक प्रत्येक हप्ता यो कार्यक्रम सञ्चालन हुनेछ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया