कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला मङ्गलवार

 भदौ ५, २०७९ आइतबार १८:३८:५९ | रासस
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले आज आइतवार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आउँदाे मङ्गलवार सुनाउने भएको छ । 

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले याे फैसला सुनाउने भएको हो । 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मङ्गलवारका दिन निर्णय सुनाउने मिति तय भएको हो । यसअघि यही भदौ १ गते आजका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो । 

कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गएकाे साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आज मिति तोकिएको थियो । यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र पालिकामा कर्मचारी समायोजन अन्योलमा परेको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Beena

    Aug. 21, 2022, 8:38 p.m.

    जात्रा गर्न थाल्यो यो न्याएपलिका ले नी। न्याएपलीका त्यस्तै संवैधानिक निकाय त्यस्तै खोइ अब यो देश मा कस्को विश्वास गर्नु, कस्को भर मा पर्नु 😭😭😭😭😭

  •  0 Reply

तपाईको प्रतिक्रिया