कालीगण्डकी नदीमा थपिँदै लामो झोलुङ्गे पुल

 भदौ ७, २०७९ मंगलबार ७:२२:४३ | रासस
unn.prixa.net

फाइल फाेटाे

बाग्लुङ - लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बाग्लुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि अर्को झोलुङ्गे पुल थपिने भएको छ ।

बाग्लुङबाट पर्वत जोड्ने ५ सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको छ । बाग्लुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने ५ सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । यो पुल सात करोड रुपैयाँ लागतमा निर्माण हुनेछ ।

दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाण्डौसँग हिमशिखर कन्ट्रक्शन निर्माण कम्पनीबीच सम्झौता भएर काम अगाडि बढेको छ ।

बाग्लुङ–१ रामरेखाबाट पर्वतको कुश्मा–१ अदुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि पुनः बाग्लुङ र पर्वत जोड्ने अर्को लामो झोलुङ्गे पुल निर्माण थालिएको हो । पुल विश्वकै एकल स्पानमध्ये लामो भएको बाग्लुङ नगरपालिकाले विश्व रेकर्डका लागि निवेदन समेत दिएको छ ।

बाग्लुङको गौरीधामबाट पर्वतको जलजलामा रहेकाे ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न थालिएको पुल निर्माणको बाग्लुङतर्फबाट जग खन्ने कार्यको थालनी गरिएको हो ।

बाग्लुङ नगरपालिका–४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले बाग्लुङ बजारलाई पर्वतको जलजला गाउँपालिकासँग जोड्दा बाग्लुङ बजारको व्यापार–व्यवसाय बढ्ने र जलजलावासी घण्टौँ लगाएर बाग्लुङ बजार आउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो। 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया