दिगो विकास लक्ष्य प्राप्तिमा नेपालले उल्लेखनीय प्रगति गरेको छ :...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - काठमाण्डौको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
आँखाको उपचारका लागि हिजो अस्पताल पुगेका भोला बुढाथोकी हतकडीसहित भागेका थिए । उनलाई ललितपुरको लुभुबाट आज बिहान पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।
पक्राउ परेका बुढाथोकीलाई जावलाखेलमा राखिएको छ । रामेछापका ३१ वर्षका बुढाथोकी नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा छन् । उनलाई हिजो उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।
कैदी फरार भएलगत्तै अध्ययन गर्न छानबिन समिति गठन भएको छ । प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । उनी रहेको अनाश्रित गुल्म नख्खुका कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइएको र कैदीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई पनि निलम्बन गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।