काठमाण्डाै महानगरले भत्काएको संरचना सम्बन्धित घरधनीले नै सफा गर्नुपर्ने

 भदौ १०, २०७९ शुक्रबार १२:८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ ‍- काठमाण्डौ महानगरपालिकाले भत्काएको अवैधानिक संरचना सफा गर्न सम्बन्धित व्यक्ति र निकायलाई नै आग्रह गरेको छ ।

सम्बन्धित व्यक्ति र संस्थाले नहटाए महानगरपालकाले सरसफाइ गर्ने र त्यसको सबै खर्च सम्बन्धित व्यक्ति वा संस्थाले तिनुपर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले उज्यालोलाई बताउनुभयो ।

नियम विपरीत बनाइएका अवैधानिक संरचना भत्काइएको खण्डमा सम्बन्धित व्यक्तिले नै हटाउनु पर्ने नियम छ । यो नियमको अटेर गरे महानगरपालिकाले हटाउने र त्यसको सबै खर्च तिराउने मानन्धरले बताउनुभयो।

गएको साउन २ गते महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना निकाल्दै एउटा प्रयोजनका लागि बनाइएको व्यावसायिक भवनको बेसमेन्ट अन्य प्रयोजनका लागि प्रयोग नगर्न भनेको थियो ।

बेसमेन्टमा पार्किङ र गोदाम राख्ने भनेर नक्सापास भएका भवनमा घरधनीले पसल तथा होटल सञ्चालन गर्न दिएपछि महानगरले अभियानकै रूपमा त्यस्ता संरचना हटाउन थालेको छ । यस्ता अवैध संरचना महानगरपालिकाले हटाउन थालेपछि केही व्यवसायी आफैँले अन्डरग्राउण्डमा राखेका पसल हटाउन थालेका छन् ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया