विद्यार्थी बेहोस हुन थालेपछि बाग्लुङको शारदा मावि तीन दिनका लागि बन्द

 भदौ ११, २०७९ शनिबार ८:१४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विद्यार्थी बेहोस हुन थालेपछि बाग्लुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरमा रहेको शारदा माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ।

बिहीवार पाँच र शुक्रवार दुई छात्रा एक्कासी बेहोस भएका विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिनुभयो।

उनीहरुमा टाउको दुख्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने लक्षण देखिएका छन् ।

छात्रामा देखिएको समस्याबारे विद्यालयले गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई पनि जानकारी गराएको जनाएको छ । विद्यालय १४ गतेदेखि खुल्नेछ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया