पर्यटक भिसामा खाडी देश जान लागेका १ सय ९७ जना नेपाली विमानस्थलबाटै पक्राउ

 भदौ ११, २०७९ शनिबार २१:९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पर्यटक भिसा लिइ खाडीका विभिन्न देशमा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १ सय ९७ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । 

आवश्यक कागजात शङ्कास्पद देखिएकोले थप अनुसन्धानका लागि तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानव बेचविखन अनुसन्धान ब्युरो, बबरमहलमा बुझाइएको अध्यागमन विभागले जनाएको छ । 

भदौको ८ देखि ११ गतेसम्म विभिन्न एअरलाइन्सको उडानद्वारा पर्यटक भिसा लिइ खाडी देशतर्फ प्रस्थान गर्न लागेका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान क्षेत्रमा जाँच गर्दा हवाई यात्रा अनुमति कागजातहरु शङ्कास्पद देखिएका महिला १ सय ३ र पुरुष ९४ गरी जम्मा १ सय ९७ जना यात्रुहरुलाई मानव बेचविखन अनुसन्धान ब्युरोमा बुझाइएको हो । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया