ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
कञ्चनपुर – नेपाली नागरिक उपचार, चाडपर्वमा किनमेल गर्न र रोजगारीका लागि भारत जाने गर्दछन् । पछिल्लो समय कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दा भने मेलापात गर्न र गाईवस्तुलाई घाँस र स्याउला लिन पनि भारतमा जाने गरेका छन् ।
दोधारा चाँदनी नगरपालिका ९ का सुन्तला रावतले गाईवस्तुको आहाराका लागि भारतबाट मेलापात गरेको २० वर्षभन्दा बढी भइसकेको छ । उहाँ मेलापातका लागि भारतीय बस्ती कलौनासम्म पुग्नुहुन्छ । ‘दोधारामा स्याउला पाइँदैन, गाईभैँसी र बाख्राका लागि घाँस र स्याउला लिन भारतको कलौना भन्ने ठाउँमा जाने गर्छौँ’, उहाँले भन्नुभयो, ‘उताका (भारतका) मानिस एकदम सहयोगी छन्, मैले धेरै वर्ष भयो त्यहाँ जाने गरेको ।’
सीमा नाकामा रहेका दुई देशबीचका नागरिकको आपसी सम्बन्धका कारण यो सम्भव भएको जनाइएको छ ।
उहाँका अनुसार दोधाराका थुप्रै मानिस भारतीय गाउँ कलौनामा मेलापात जाने गरेका छन् । यहाँका महिला झन्डै तीन किलोमिटरको बाटो हिँडेर भारतीय बस्ती कलौना पुग्ने गरेका स्थानीयवासी रञ्जु रावतले जानकारी दिनुभयो । ‘रोजगारी केही छैन, बाख्रापालन गरेकी छु, बाख्राको आहारका लागि मेलापात जान्छु’, उहाँले भन्नुभयो, ‘यहाँ बाख्राका लागि स्याउला पाइँदैन, हामी त सधैँ उतैबाट ल्याउँछौँ ।’
दोधारा चाँदनीको कुतियाकवरमा विसं २०२२ देखि बस्दै आउनुभएका टेकबहादुर सुनारले अहिलेसम्म यहाँ दुई देशबीचका नागरिकबीच मनमुटावका घटना नभएको बताउँछन् । उहाँका अनुसार यहाँका बासिन्दाको नेपालसँग सम्पर्क कम नै थियो । विसं २०६५ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै नेपालसँग सम्पर्क जोडिएको हो ।
‘मेलापात, बिहे, व्रतबन्धलगायतका कार्यक्रममा पनि हामी आउने– जाने गर्छौँ’, उहाँले भन्नुभयो, ‘हामीले पनि बोलाउँछौँ, उहाँहरूले पनि बोलाउनुहुन्छ ।’ उहाँले यहाँका बासिन्दा सीमाका प्रहरेदार भएको बताउनुभयो ।
स्थानीयवासी वसन्ती सुनारले दुई देशका नागरिकको भन्दा पनि भाइचाराको सम्बन्ध रहेको सुनाउनुभयो । ‘हाम्रो सम्बन्ध एकदमै राम्रो छ, कहिले उहाँहरू सहयोग माग्न यहाँ आउनु हुन्छ, कहिले हामी सहयोग माग्न त्यहाँ पुग्छौँ’, उहाँले भन्नुभयो, ‘सीमावर्ती भारतीय नागरिकसँग सदियौँदेखि भाइचाराको सम्बन्ध छ ।’
महाकालीपारिको गाउँ भनेर चिनिने दोधारा चादँनी नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारतसँगको खुला सिमाना रहेको छ । यहाँका औसत परिवारको आम्दानीको स्रोत नै कृषि व्यवसाय रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।