पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा रहेको औंल्याउनुभएको छ ।
बिहीवार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागमा भिजिटिङ प्रोफेसरका रूपमा विद्यार्थीलाई कक्षा लिने क्रममा उपमहासचिव पुनले यस्तो औंल्याउनुभएको हो । पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पुनले अर्थतन्त्रको ठूलो हिस्सा सीमित घरानाका मुठीमा रहनुले देशको आर्थिक विकासमा चुनौती खडा गरेको बताउनु भयो । उहाँले अर्थतन्त्रको ठूलो हिस्सा सीमित घरानाको एकाधिकार हुन नहुने बताउनु भयो । पुनले सीमित घेरामा मात्रै नभएर सबैमा प्रतिस्पर्धी बनाउनुपर्ने बताउनु भयो । उहाँले नेपालमा अहिलेको लागि मिश्रित अर्थनीति नै राम्रो हुने बताउनु भयो । पुनले राज्यले सकेसम्म एकाधिकार खालको पुँजीलाई नियन्त्रण कम गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘देशको अर्थतन्त्र एउटा सानो घेराले मात्रै सञ्चालन गरेर उनीहरुको स्वार्थमा अर्थमन्त्रीलाई सफल र असफल बनाउने खालको काम सानो समूहले खेल्छ भन्नेछ । तर त्यस्तो एकाधिकार हुनुहुँदैन । यसलाई प्रतिस्पर्धी नै बनाउनु पर्छ । हाम्रो लागि मिश्रित अर्थनीति राम्रो हो । यो अवस्थामा निजी क्षेत्रलाई पुँजी निर्माण गर्न प्रेरित गर्नुपर्छ । सरकारले करमा छुट दिने र सरकारले लोककल्याणकारी कामहरु गर्नुपर्छ । त्यसो गर्दा मात्रै ब्यालेन्स हुन्छ । सरकारले अरुलाई नियन्त्रण गर्ने भन्दा पनि सरकारले गर्नसक्छु भन्ने पुष्टि गर्नुपर्छ । राज्यले सकेसम्म एकाधिकार खालको पुँजीलाई नियन्त्रण कम गर्नुपर्छ ।’
उहाँले सरकारले पुँजीगत खर्च गर्न नसक्नु संरचनागत समस्या रहेको बताउनु भयो । उहाँले सरकारसँग १ लाख ३३ हजार निजामति कर्मचारीहरु भए पनि प्राविधिक कर्मचारी कम भएकाले समस्या रहेको बताउनु भयो । पुनले नेपालको संरचनागत व्यवस्थालाई परिवर्तन गरेर पुँजीगत खर्च गर्न लायक संरचना बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले विकास निर्माणको कार्य हेर्ने छुट्टै निकाय आवश्यक रहेको बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।