देशकाे नेतृत्व गर्ने इच्छाशक्ति छ, अहिल्यै सक्रिय राजनीतिबाट विश्राम लिन्न : पाैडेल

 भदौ १८, २०७९ शनिबार १६:२१:१८ | रासस
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको नेतृत्व गर्ने इच्छाशक्ति आफूमा रहेकाले अहिल्यै सक्रिय राजनीतिबाट विश्राम नलिने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका १ भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसको शनिवार आयोजित ३६ औँ वार्षिकोत्सव तथा ११ औँ साधारण सभाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘सक्रिय राजनीतिबाट म अहिल्यै उन्मुख हुन्न’, उहाँले भन्नुभयो । 

कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्ने बताउनुभयो । संविधानमा नै समाजवाद उन्मुख लेखिएकाले शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्ने उहाँको भनाइ थियो ।  

देशलाई काम गर्ने जनशक्ति आवश्यक भएको उल्लेख गर्दै नेता पौडेलले सीपयुक्त नागरिक तयार गर्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको औँल्याउनुभयो । आदिकवि भानुभक्त क्याम्पसलाई प्राविधिक क्याम्पसको रूपमा रूपान्तरण गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा क्याम्पस स्थापनाकालदेखि सहयोग पुर्‍याउने पूर्वराज्यमन्त्री अमरराज कैनी, तमबहादुर दरै र दामोदर खनाललाई सम्मान गरिएको थियो । अहिले यस क्याम्पसमा तीन हजार एक सय जना विद्यार्थी अध्ययनरत छन् । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया