माओवादीसित मात्र हाेइन, इमानदार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ : अध्यक्ष नेपाल

 भदौ १८, २०७९ शनिबार १७:१६:५७ | रासस
unn.prixa.net

फाइल फाेटाे

मोरङ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, देशका सबै इमानदार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताउनुभएको छ ।

अध्यक्ष नेपालले आज शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देशका सबै सच्चा इमानदार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । गठबन्धन दलहरूबीच जित्ने आधारमा सिटको बाँडफाँट हुने उहाँले बताउनुभयो । विगतमा गठबन्धन दलहरूका उम्मेदवारले जितेको सिटका आधारलाई टेकेर बाँडफाँट हुने उहाँको धारणा थियो । 

अध्यक्ष नेपालले वर्तमान अवस्थामा गठबन्धन दल मिलेर जानु नै लोकतन्त्रको सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन, सुशासन र देशका लागि फलदायी हुने जिकिर गर्नुभयो । ‘सिट बाँडफाँटको चाँडै टुङ्गो लाग्ने विश्वास छ’, उहाँले भन्नुभयो । 

अध्यक्ष नेपालले विगतमा नेकपा एमालेले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशअनुसार नै वर्तमान सरकारले विधेयक ल्याएकाले यसको विरोध गर्नुको कुनै अर्थ नरहेको प्रष्ट पार्नुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया