राहुल गान्धीद्वारा माेदी नेतृत्व सरकारकाे कडा आलाेचना

 भदौ १९, २०७९ आइतबार २०:२०:३१ | एजेन्सी
unn.prixa.net

कांग्रेस नेता राहुल गान्धीले आइतवार नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै देशमा बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको दाबी गर्नुभएको छ । 

उहाँले भारतीय जनता पार्टी भाजपा र राष्ट्रिय स्वयंसेवक सङ्घ आरएसएस ले देशलाई विभाजित गरिरहेको आरोप लगाउनुभएको छ । भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र यसले उनीहरूलाई घृणातर्फ मोडिरहेको पनि उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, देशमा मुद्रास्फीति र बेरोजगारीको डर बढिरहेको छ र यसैका कारण भारतवासीमा सरकार र प्रशासनप्रति घृणा बढिरहेको छ ।

सम्बोधनका क्रममा उहाँले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सरकारबाट के गरिब, किसान वा साना व्यापारीले कुनै लाभ पाइरहेका छन् भनी प्रश्न गर्नुभयो । 

उहाँले सभामा सहभागी दर्शकहरूतर्फ सङ्केत गर्दै भन्नुभयो, ‘एक किसिमले तपाईँ बेरोजगारीबाट प्रभावित हुनुभएको छ, यो भाजपा र वर्तमान प्रधानमन्त्रीको कारण भएको हो ।’

उहाँले भन्नुभयो, ‘त्यसैगरी भारतीयहरू मूल्यवृद्धिको मारमा परेका छन् । नरेन्द्र मोदीले सत्तरी वर्षमा कांग्रेसले के गर्‍यो भनेर प्रश्न गर्नुभएको छ । सत्तरी वर्षमा कांग्रेसले देशमा यस्तो मूल्यवृद्धिको अवस्था आउन दिएको थिएन ।’ 

उहाँले थप्नुभयो, ‘विपक्षीहरूले यो मुद्दा संसदमा उठाउन खोज्दा सरकारले यसलाई अनुमति दिएन । किसानको मुद्दा होस् वा चीनसँगको सरकार यसमा उदासिन छ ।’ 

सबै विपक्षी दल एकजुट भएर भाजपा र आरएसएसलाई परास्त गर्ने दिन आएको उहाँले बताउनुभयो । 

‘हामी चीनको आक्रमण, बेरोजगारी, महँगीबारे कुरा गर्न चाहन्छौँ तर भाजपाले हाम्रो पार्टीलाई रोकेको छ । मिडिया होस्, न्यायपालिका होस् वा निर्वाचन आयोग, सबै संस्थाहरू दबाबमा छन् । त्यसैले मानिसहरू कहाँ जाने एक मात्र बाटो बाँकी छ । यही कारण कांग्रेस भारत जोडौ यात्रा सुरु गर्दैछ ।’ 

‘यो विचारधाराको लडाइँ हो र भाजपा र आरएसएसलाई हराउन सबै विपक्षी दल एक साथ आउनेछन्’, राहुल गान्धीले भारतको राजधानी दिल्लीको रामलीला मैदानमा आयोजित विशाल र्‍यालीलाई सम्बोधन गर्दै भन्नुभयो । 

देशमा महँगी, बेरोजगारी र वस्तु तथा सेवा करवृद्धिको विरोधमा कांग्रेसले आइतवार ‘मेहङ्गाई पर हल्ला बोल’ नामक विशाल र्‍याली निकालेको हो । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया