झापा–५ बाट एमाले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस

 भदौ २०, २०७९ सोमबार १५:८:० | रासस
unn.prixa.net

फाइल तस्बिर

झापा – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि नेकपा एमाले क्षेत्र नम्बर–५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ । 

आज साेमवार बसेको क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो । क्षेत्र नं १ बाट रविन कोइरालाको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं २ बाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, एमाले प्रदेश इन्चार्ज देवराज घिमिरे, पवित्रा खरेल र ध्रुवकुमार शिवाकोटीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिनुभयो । 

उहाँका अनुसार क्षेत्र नं ३ र ४ बाटसमेत आजै उम्मेदवारको नाम सिफारिसका लागि पार्टीको बैठक बसिरहेको छ । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया