‘एमालेले समृद्धिका नाममा ल्याएका पानीजहाज, रेलजस्ता हावादारी गफमा जनता अलमलिँदैनन्’

 भदौ २३, २०७९ बिहीबार १८:३७:५ | रासस
unn.prixa.net

फाइल तस्बिर

रुपन्देही – नेकपा (एकीकृत समाजावादी) की केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आउँदाे चुनावमा जनताका मुद्दा उठाउनेले जित हासिल गर्ने बताउनुभएको छ ।   

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बिहीवार बुटवलमा गरेको साक्षात्कारमा नेता झाँक्रीले देश र जनताको हितमा स्पष्ट योजना बनाएर चुनावमा जानेलाई जनताको साथ मिल्ने स्पष्ट पार्नुभयो । 

नेकपा (एमाले) ले समृद्धिका नाममा ल्याएका पानीजहाज, रेल जस्ता हावादारी गफमा जनता नअलमलिने बताउँदै उहाँले स्थानीय माग र आवश्यताका आधारमा स्पष्ट एजेन्डा ल्याउनेलाई जनताले मत दिने उल्लेख गर्नुभयो । देशको हितका लागि दीर्घकालीन नीति र एजेण्डा स्थापना गर्नुपर्ने भएकाले मुलुकमा गठबन्धन आवश्यक रहेको उहाँको भनाइ थियो ।   

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले देशको विकास र आम नेपालीको जीवनस्तर उकास्न पाँच दलीय गठबन्धन आवश्यक भएको जिकिर गर्नुभयो । जनताले दिएको दुई तिहाइ मतको कदर गर्न नसेकेको एमालेलाई आउँदाे चुनावमा जनताले साथ नदिने उहाँको भनाइ थियो । 

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विनोद पहाडीले सङ्घीयता र संविधानलाई संस्थागत गर्न पाँच दलीय गठबन्धन निर्माण भएकाले आउँदाे चुनावमा एक भएर प्रतिस्पर्धी पार्टीसँग चुनावमा जाने बताउनुभयो । 

एमालेका लुम्बिनी प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले मुलुकमा एमाले बलियो पार्टीका रूपमा स्थापित भएको जनाउँदै गठबन्धनसँंग चुनावमा प्रतिस्पर्धात्मक सामना गर्ने र पार्टीको साख जोगाउने बताउनुभयो । पछिल्लो समय चुनाव निकै खर्चिलो बन्दै गएकाले निर्वाचन आयोगले निगरानी गर्नुपर्ने उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया