दार्चुलामा बाढी : १ जनाकाे ज्यान गयाे, ६ जना बेपत्ता

 भदौ २५, २०७९ शनिबार ९:३५:६ | रासस
unn.prixa.net

लसु खाेला

दार्चुला – दार्चुलामा शुक्रवार रातिदेखिकाे लगातारको वर्षापछि आएको बाढीका कारण एक जनाकाे ज्यान गएकाे छ । जिल्ला सदरमुकाम खलङ्गाकाे बंगाबाड क्षेत्रमा आएकाे बाढीका कारण एक जनाकाे ज्यान गएकाे र ६ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दले जानकारी दिनुभयाे । 

ज्यान गुमाउनेमा नाैगाड गाउँपालिकाका ३५ वर्षीय चिमणे ठगुन्ना रहेका छन् । यस्तै महाकाली नगरपालिका ३ डुङ्गरी क्षेत्रमा एकै घरका चार जना धनसिंह, मानमती, दीपक, दिनेश कार्की बेपत्ता भएका छन् । यस्तै नाैगाडकै कासी ठगुन्ना र रम्बा ठगुन्ना पनि घाइते भएका छन् ।  

घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत लैजाने व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । ती जोखिम क्षेत्रमा सुरक्षाकर्मीले राति नै मान्छे अन्यत्र सारेको छ ।

बाढीले दर्जनाैँ घर बगाउनुका साथै लास्को खोलाको झोलुङ्गे पुल पनि बगाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिदेखि अहिलेसम्म उद्धार कार्य भइरहेकाले क्षतिको पूरै विवरण प्राप्त हुन बाँकी रहेको छ । 

त्यस्तै महाकाली नगरपालिका ३ लास्को खोलाले रोकेर राखेका सात वटा गाडीसमेत बगाएको छ । घटनास्थल क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । शुक्रवार रातिदेखि परेको लगातारकाे वर्षाले दार्चुला–तिङ्कर सडकमा पर्ने लास्कुखोलामाथिको झोलुङ्गे र मोटर पुलसमेत बगाएको छ । बिहानदेखि पानी पर्न छोडे पनि ती क्षेत्रमा नदीले अझै कटान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । 

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया