ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीवासीले खाने व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको छ । सुर्खेतमा आज आइतवार आयोजित प्राङ्गारिक कृषि संवाद लाई सम्बोधन गर्दै उहाँले कर्णालीमा रैथाने बालीका उत्पादन खानेलाई हेला गर्ने गरिएकाले त्यस्तो प्रवृत्तिमा सुधार ल्याउन जरुरी भइसकेको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले साविक कर्णालीका जिल्लाहरूमा भोकमरीभन्दा ‘भातमरी’ को समस्या बढी रहेको उल्लेख गर्नुभयो । ‘अर्ग्यानिक उत्पादनका दृष्टिले कर्णाली धनी छ तर यहाँका मानिसहरूमा रैथाने खाद्यान्न खानुलाई हेलाका दृृष्टिले हेर्ने गरिन्छ’, उहाँले भन्नुभयो, ‘जबसम्म हामी खाद्य व्यवहारमा परिर्वतन ल्याउन सक्दैनौँ, तबसम्म भोकमरीको मानसिकता रहिरहन्छ । सरकार, दातृ निकाय सबै मिलेर खाने व्यवहारमा परिर्वतन ल्याउन आवश्यक छ ।’ हुम्लामा फापर, जुम्लामा जौ, चिनो, दैलेखमा कोदो खानेलाई हेप्ने गरिएको दृष्टान्त दिँदै उहाँले खाद्य सुरक्षा र पोषणका दृष्टिले यी बाली महत्त्वपूर्ण रहेकाले ती कुरा नागरिकलाई बुझाउन सबैले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
कर्णालीमा खाद्य सुरक्षा भएका जिल्ला रुकुम पश्चिम र सल्यानलाई पहिलो प्राथमिकतामा राखेर अर्ग्यानिक कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले प्रदेश सरकारको पहिलो बैठकले कर्णालीलाई अर्ग्यानिक प्रदेश बनाउने निर्णय गरेअनुसार त्यसयता मन्त्रालयले त्यसका लागि आधारशीला निर्माण गर्दै अघि बढेको बताउनुभयो । उहाँले मन्त्रालयले प्राङ्गारिक कृषि ऐन, प्राङ्गारिक उत्पादन प्रशोधन मापदण्ड, सहभागितामूलक गुणस्तर निर्धारण निर्देशिका, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका र प्राङ्गारिक कृषि योजनालगायतका ऐन कानुनहरु कार्यान्वयनमा ल्याइसकेको जानकारी दिनुभयो ।
मन्त्री शाहीका अनुसार अर्ग्यानिक कार्यक्रमका लागि चालु आवमा प्रदेश र सङ्घीय सरकारको गरी कर्णालीमा एक अर्ब ९७ करोड रुपैयाँ बजेट खर्च हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।