एमाले सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउँछ : अध्यक्ष ओली

 भदौ २७, २०७९ सोमबार १९:५६:३० | रासस
unn.prixa.net

फाइल फाेटाे

धनुषा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे चुनावपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । उहाँले नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने बताउनुभएको छ । 
    
नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनको आज साेमवार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा एमालेले अत्यधिक बहुमत ल्याउँछ, सरकार बनाउँछ ।’

एमाले सरकारमा जानका लागि नभइ देशलाई बरबादीबाट जोगाउन आफ्नो पार्टीले जित्नै पर्ने जिकिर गर्दै उहाँले नागरिककाे सद्भाव र एकताका लागि चुनावमा गएको बताउनुभयो । सबैले मिलेर सबैका लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अठोटका साथ आफ्नो पार्टी चुनावमा जान लागेको उहाँको भनाइ छ ।

शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने, कृषिको आधुनिकीकरण गर्नेजस्ता योजना एमालेले अघि सारेको उल्लेख गर्दै अध्यक्ष ओलीले आउँदाे चुनावले सही सरकार दिन नसके देश, लोकतन्त्र, विकासका लागि दुर्भाग्य हुने बताउनुभयो । 

उद्घाटन समारोहमा एमाले नेता अग्नि खरेल, विष्णु रिजाल लगायतले विकासका लागि एमालले चुनाव जित्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया