सेना र विद्युत् प्राधिकरणमा जागिरको अवसर

 भदौ ३१, २०७९ शुक्रबार ८:३२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणले पदपूर्तिका लागि विज्ञापन खुलाएका छन् । नेपाली सेनाले अधिकृत क्याडेड पदमा भर्ना आह्वान गरेको छ ।

भर्ना छनाेट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाले २ सय २९ जनाका लागि विज्ञापन खुलाएको हो । रिक्त अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आजदेखि असोज २९ गतेसम्म र दोब्बर दस्तुर तिरेर कार्तिक ५ गतेसम्म दरखास्त बुझाउन सकिनेछ । यस्तै नेपाल विद्युत् प्राधिकरणले पनि विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले आज विज्ञापन निकालेर सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको हो । खुला प्रतियोगिताका लागि विभिन्न पदमा असोज २० सम्म दरखास्त दिन सकिनेछ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया