घुससहित पक्राउ परेका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

 असोज २, २०७९ आइतबार १६:९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका उपसचिव प्रमोद नेपालविरुद्ध मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले पाराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र उपलब्ध गराइदिने भन्दै बीबी एअरवेजबाट ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ ।

साउन १७ गते काठमाण्डौको एक होटलबाट पक्राउ गर्दा ६ लाख बरामद भएको र पछि गाडीमा खाेजी गर्दा थप १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको अख्तियारले जनाएको छ । ६ लाख रुपैयाँ घुस लिएको र बाँकी १६ लाख ५० हजार रुपैयाँ बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरिभक्त श्रेष्ठसँग सापटी लिएको पाइएको अख्तियारले जनाएको छ । अख्तियारले बीबी एअरवेजका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रेष्ठले काम गरिदिएafपत रकम सापटी दिनु भ्रष्टाचार मानिने अख्तियारको दाबी छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया