चुनावका बेला फैलिने अफवाह नियन्त्रणमा आयोगको प्रयास : फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालसँग सहकार्य

 असोज ४, २०७९ मंगलबार ७:१७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - चुनावका बेला फैलिने भ्रामक सूचना तथा अफवाह नियन्त्रण गर्न निर्वाचन आयोगले सामाजिक सञ्जालसँग सहकार्य थालेको छ ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका बेला सामाजिक सञ्जालमार्फत मिथ्या र भ्रामक सूचना फैलिन सक्ने भन्दै आयोगले फेसबुक, टिकटक, युट्युबलगायत सामाजिक सञ्जालसँग सहकार्य थालेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यसअघिका चुनावमा पनि सामाजिक सञ्जालमार्फत भ्रामक सूचना सम्प्रेषण भएकाले त्यस्ता सूचना फैलिन नदिन यसपालि सामाजिक सञ्जालसँग सहकार्य सुरु गरिएको हो ।

फेसबुकले गएको भदौ २२ गते पोलिटिकल एड ट्रान्सपरेन्सी टुल सार्वजनिक गरेको थियो । यसमा नेपाललगायत २ सय ४२ वटा देश आबद्ध छन् । यो टुलमा जोडिएपछि फेसबुकमा राजनीतिक वा चुनावसँग सम्बन्धित प्रचार वा विज्ञापन गर्न फेसबुकको अथोराइजेसन प्रक्रिया पूरा गर्नुपर्छ ।

अथोराइजेसन प्राप्त गरेपछि विज्ञापन कसले कति समयका लागि गरेको, कुन ठाउँबाट गरेको र कति पैसा खर्च गरिएको लगायत सूचनाको सारांश फेसबुकले सार्वजनिक रुपमा देखाउँछ । फेसबुकको एड लाइब्रेरीमा गएर जसले पनि विज्ञापन सम्बन्धी यी जानकारी प्राप्त गर्न सक्नेछन् । यस्तो जानकारी सात वर्षसम्म एड लाइब्रेरीमा रहने आयोगले जनाएको छ। 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया