बाग्लुङ : ताराखोला गाउँपालिकाका किसानलाई जति धेरै खेती गर्याे उति धेरै प्रोत्साहन भत्ता

 असोज ४, २०७९ मंगलबार १०:१५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ - बाग्लुङको ताराखोला गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ ।

पालिकाले किसानलाई बढीभन्दा बढी क्षेत्रमा खेती गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती गर्न किसान प्रोत्साहन कार्यक्रम ल्याएको ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईले जानकारी दिनुभयो ।

यो कार्यक्रमअन्तर्गत किसानले जति धेरै जमिनमा खेती गर्छन्, उति धेरै प्राेत्साहन भत्ता उपलब्ध गराउने उहाँको भनाइ छ । किसानले बाँझो जमिनमा खेती गरेबापत गाउँपालिकाले प्रतिरोपनी दुई हजार रुपैयाँ उपलब्ध गराउने छ  । बसाइँसराइले पालिकाभित्र रहेका खेतीयोग्य जमिन बाझिँदै गएपछि गाउँपालिकाले यो योजना ल्याएको हो ।

ताराखोला क्षेत्रमा पहिले पनि परम्परागत शैलीबाटै खेतीपाती हुँदै आएको छ । किसानलाई आधुनिक प्रविधिसँग जोड्न र कृषिलाई यान्त्रीकरण गर्नतर्फ पनि गाउँपालिकाले जोड दिएको छ । गाउँपालिकाले जिल्लामै पहिलोपटक जैविक कृषि बगैँचासमेत सञ्चालन गरेको छ। 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया