ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
पर्सा – भारतसहित तेस्रो देशबाट नेपाल भित्रिने तयारीमा रहेका एक हजार सात सय वटाभन्दा बढी नयाँ साना–ठूला गाडी वीरगञ्ज नाकामा अलपत्र परेका छन् ।
यसरी वीरगञ्ज नाकामा अलपत्र परेका चारपाङ्ग्रे सवारीमध्ये पाँच सय ७२ वटा जीप, कार तथा भ्यान छन् । यस्तै ठूला सवारी एक हजार एक सय ४६ वटा बस, ट्रक, टिपर र मिनीट्रक रहेका छन् । यी सबै गाडीकाे मूल्य नेपाली बजारमा न्यूनतम २० लाखदेखि एक करोड रुपैयाँसम्मका रहेका छन् । वीरगञ्जमा रहेकाे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समिति एकीकृत जाँच चौकी (आईसीपी) का प्रमुख कमल ज्ञवालीका अनुसार गएकाे फागुन महिनादेखि एकीकृत जाँच चौकी परिसरमा यी गाडी रोकिएका हुन् ।
बैंक तथा वित्तीय संस्थाले पछिल्लो पटक साना तथा ठूला गाडीमा कर्जा प्रवाहमा कमी ल्याएपछि नयाँ गाडी बिक्रीमा कमीसँगै नेपाल भित्रिने तयारी रहेका साना–ठूला गाडी विभिन्न नाकामा अलपत्र अवस्थामा रहेका छन् ।
पछिल्लो समय नयाँ गाडी बिक्रीमा निकै कमी आएको नेपालमा गाडी बिक्री/वितरण गर्दै आएको निकाय सिप्रदी ट्रेडिङ प्रालीकाे वीरगञ्जमा रहेकाे कार्यालय प्रमुख गोपाल आचार्यले जानकारी दिनुभयो ।
नयाँ गाडीमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा सहजता नल्याएसम्म नेपाली बजारमा नयाँ गाडीकाे कारोबार नफस्टाउने निश्चितजस्तै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।