भन्सार छलेर ल्याइएकाे २ टन माछा नष्ट

 असोज ४, २०७९ मंगलबार १९:३४:४३ | रासस
unn.prixa.net

फाइल तस्बिर

चितवन – भारतबाट भन्सार छलेर ल्याइएकाे दुई टन माछा स्थानीय प्रशासनले नष्ट गरेको छ । आज मङ्गलवार बिहान २ बजे रुपन्देहीबाट काठमाण्डाैका लागि लैजाँदै गरेको माछा पशु क्वारेन्टाइन चेक पोस्ट रामनगरले नियन्त्रणमा लिएको थियो ।

पशु क्वारेन्टिन रामनगर, मत्स्य व्यवसायी सङ्घ चितवन र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त जाँचका क्रममा माछा बरामद गरेर नष्ट गरिएको हो । माछा भरतपुर महानगरपालिका १ मा रहेको सतनचुली सामुदायिक वनमा नष्ट गरिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार भन्सार छलेर ल्याइएको माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । उहाँका अनुसार लु २ च ६८९८ नम्बरको जीपमा ल्याइएको माछा नियन्त्रणमा लिइ नष्ट गरिएको हो ।  

असोज १ गतेदेखि पशु क्वारेन्टाइन, मत्स्य व्यवसायी सङ्घ र नेपाल प्रहरीको संयुक्त टोलीले रामनगरमा जाँच गर्दै आएको छ । सोमवारसमेत जाँचका क्रममा रामनगरबाट ६ सय २० किलो माछा बरामद गरी नष्ट गरिएको थियो । बरामद गरिएको माछामा फर्मालिन (चाँडै नसडोस्/नबिग्रियोस् भनेर राखिने रासायनिक तत्त्व) को प्रयोग गर्ने गरिएको उहाँले बताउनुभयो ।

भारतबाट भन्सार छलेर ल्याइएकाे माछाका कारण नेपालमा उत्पादित माछाले बजार पाउन छोडेको भन्दै माछा व्यवसायीले आन्दोलन गरेपछि जाँच सुरु गरिएकाे हाे । मकवानपुरको रातोमाटे र सिन्धुलीमा समेत जाँच गरिएको सङ्घका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया