अनुमति नलिइ कर्मचारीको सरुवा नगर्न/नगराउन सरकारलाई आयाेगकाे निर्देशन

 असोज ७, २०७९ शुक्रबार ६:५७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न/नगराउन सरकारलाई निर्देशन दिएको छ । साथै आयोगले सरुवा भइसकेका कर्मचारीलाई रमाना दिइ असोज ९ गते अर्थात पर्सिसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

आयोगले हिजोदेखि अस्थायी मतदाता नामावलीमा कर्मचारीहरुको नाम समावेश गर्ने प्रक्रिया सुरु गरेकाले कर्मचारी सरुवा हुँदा लगत लिन समस्या हुने जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली सङ्कलनको काममा बाधा उत्पन्न हुने उल्लेख छ।

यसले समग्र निर्वाचन व्यवस्थापनमा प्रतिकूल प्रभाव पार्न सक्ने पनि आयोगले जनाएको छ।

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया