सिरियाको समुद्री तटमा डुङ्गा दुर्घटना : ३४ जना शरणार्थीको ज्यान गयो, २० जनाको उद्धार

 असोज ७, २०७९ शुक्रबार १२:१६:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सिरियाको समुद्री तटमा डुङ्गा दुर्घटना हुँदा ३४ जना शरणार्थीको ज्यान गएको छ । लेबननबाट शरणार्थी बोकेर छुटेको डुङ्गा सिरियाको समुद्री तटमा दुर्घटना भएको बीबीसीले जनाएको छ ।

दुर्घटनामा परेका ३४ जनाको शव फेला परेको र २० जनालाई जीवितै उद्धार गरिएको सिरियाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उद्धार गरिएका उनीहरुको सिरियाली सहर टार्टसमा उपचार भइरहेको छ । डुङ्गामा सयभन्दा धेरै रहेको हुनसक्ने अनुमान छ ।

डुङ्गा लेबननको बन्दरगाह त्रिपोली नजिकै रहेको मिन्येहबाट छुटेको थियो । आर्थिक सङ्कट उन्मुख लेबनानबाट स्थानीय बासिन्दा तथा शरणार्थीहरु युरोप, अमेरिका जाने गरेका छन् । लेबननमा १० लाखभन्दा धेरै सिरियाली शरणार्थी रहेको अनुमान छ।

अन्तिम अपडेट: चैत २७, २०८०

1 Comments

  • Hari sharan thapa

    Sept. 23, 2022, 3 p.m.

    त्रीपोली भनेको लिबिया को राजधानी हो लेबनान को हैन.....लेबनान को त तेलअबिब होलनि

  •  0 Reply

तपाईको प्रतिक्रिया