दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गयाे

 असोज ९, २०७९ आइतबार ९:१५:१५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

हिजो बेलुका  रा १ प ८६२३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका–४ का ५९ वर्षका शालिकराम वलीको उपचारको क्रममा  गएराति ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया