आम चुनाव देश बनाउने अवसर : ओली

 असोज ९, २०७९ आइतबार १९:४२:२० | रासस
unn.prixa.net

फाइल तस्बिर

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो मङ्सिर ४ गते हुने आम चुनावलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ । यस चुनावले लोकतन्त्र बचाउने र जनविरोधी तत्त्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उहाँले चुनावमा गम्भीर भएर देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व चुन्नुपर्ने खाँचो रहेको औँल्याउनुभयो ।

आज आइतवार झापाको दमकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, ‘आउँदो निर्वाचनबाट जनविरोधी तत्त्व पराजित भएमात्र देशले समृद्धिको गति लिने छ ।’ 

आफ्नै गृह क्षेत्रमा भएको कार्यक्रममा अध्यक्ष ओलीले चुनावमा एमालेलाई किन भोट दिने भन्ने कुरा एमाले नेतृत्वको सरकारले गरेका कामबाट नै प्रमाणित भएको समेत दाबी गर्नुभयो । अब जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउने उहाँको भनाइ थियो । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया