‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना

 असोज १४, २०७५ आइतबार ७:६:६ | रासस
unn.prixa.net

चीन– अमेरिकाबीच भएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले शनिबार जनाएको छ ।

युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै यसले विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना हुनसक्ने आर्थिक समस्यालाई सामना गर्न मजबुत अवस्था रहेको पिपुल्स बंैक अफ चाइनाले बताएको छ । केन्द्रीय बैंकको तेस्रो त्रैमासिक मौद्रिक नीतिबारे भएको छलफलपछि चीनको उक्त भनाई सार्वजनिक भएको राज्य सञ्चालित सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ ।

चीनको कर्जा वृद्धिबारे व्यापक चेतावनी आइरहेका समय केन्द्रीय बैंकले चीनले कर्जा सङ्कलनमा तर्कसङ्गत वृद्धि रहेको र वित्तीय सुधारलाई निरन्तरता दिने बताएको हो ।

चीनले अमेरिकासँग व्यापार विवादकाबीच अघि बढिरहेको छ । चीनले यसै हप्ताको शुरुदेखि लागु हुनेगरी अमेरिकाले चिनियाँ सामानमाथि गरेको दुई खर्ब अमेरिकी डलर बराबरको करवृद्धिले ल्याएको तरङ्गलाई चुनौति दिँदै अमेरिकाबाट चिनियाँ भूमिमा आयात हुने ६० अर्ब अमेरिकी डलर बराबरको सामानमा करवृद्धिको घोषणा गरेको छ ।

चीनका प्रधानमन्त्री ली खछ्याङले गएकाे हप्ता व्यापार विवादका कारण व्यापक समस्याको सामना गरिरहेको र यसका कारण आर्थिक वृद्धिमा केही शिथिलता देखिएको स्वीकार गरेका थिए । तर उनले समस्या निराकरण गर्ने चीनसँग क्षमता रहेको बताए ।

विश्लेषकहरूले युआनको तीव्र अवमुल्यनले चीनको निर्यात सस्तो बनाएको बताएका छन् । तर चिनियाँ अधिकारीहरूले आफ्नो मुद्रा अवमुल्यनबारे लगाएको उक्त आरोपको खण्डन गरेका छन् ।

अहिलेसम्म दुई खर्ब ५० करोड अमेरिकी डलर बराबरका चिनियाँ सामानको आयातमा करवृद्धि गरेका अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले अर्को दुई खर्ब ६७ करोड अमेरिकी डलरको चिनियाँ सामानमाथिको कर लगाउने चेतावनी दिएका छन् । यसबाट अमेरिका निर्यात हुने प्राय सबै चिनियाँ सामानमा प्रभाव पर्ने अमेरिकी अधिकारीहरूको दावी छ ।

चीनले संरक्षणवादी अमेरिकी व्यापार नीतिविरुद्ध सङ्घर्ष गर्दै गत बर्ष एक खर्ब ३० करोड अमेरिकी सामान मात्र खरिद गरेको थियो । चीनले अहिलेसम्म अमेरिकी एक खर्ब १० करोड अमेरिकी डलर बराबरको सामानमा कर वृद्धिको गरेको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया