चट्याङ लागेर सुनसरीमा २ जनाकाे ज्यान गयाे

 असोज १२, २०७९ बुधबार १५:४९:५२ | रासस
unn.prixa.net

फाइल तस्बिर

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज बुधवार चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । 

ज्यान गुमाउनेमा देवानगञ्ज वडा नम्बर १ की ४५ वर्षीया रीतादेवी यादव र वडा नम्बर २ का उदितचन्द्र यादव रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले जानकारी दिनुभयो । 

भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चट्याङ लागेर रीतादेवीको ज्यान गएकाे हाे भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको ज्यान गएकाे डीएसपी राईले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया