शुक्र अस्त भए पनि दुर्गा पूजाको नित्यकर्ममा बाधा नहुने

 असोज १४, २०७९ शुक्रबार १४:३१:८ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भए पनि प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पूजामा कुनै बाधा नपर्ने जनाएको छ ।     

गएको सोमवारदेखि शारदीय नवरात्र सुरु भइ नित्य कर्मका रूपमा दुर्गा पूजा र आराधना चलिरहेका बेला आज शुक्रवारदेखि शुक्र अस्त भएकाले केही मानिसले असर पर्ने भनी गरेको चर्चा शास्त्रीयरूपमा सही नभएको समितिले जानकारी गराएको हो । समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी दुर्गा पूजा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको नित्यकर्म भएकाले शुक्र अस्तको कुनै दोष नलाग्ने बताउनुहुन्छ । 

‘शुक्र तथा बृहस्पति अस्त भएका बेला विवाह, व्रतबन्ध, ठूला यज्ञ, तलाउ खन्ने, चौतारा बनाउने, घरको जग राख्ने, घर सर्ने, व्रत प्रतिष्ठा गर्नेलगायत कर्म भने गर्नु नहुने शास्त्रीय वचन रहेको छ तर विजयादशमीपछि मान्यजनबाट टीका थाप्न, कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गर्न, आकाश दीपदान र तुलसीको विशेष पूजा आराधना गर्न पनि शुक्र अस्तले केही फरक पार्दैन, तिहार मनाउन पनि शुक्र अस्तको दोष छैन, पास्नी गर्न पनि हुन्छ’, उहाँ भन्नुहुन्छ । 

आज अस्त हुने शुक्र मङ्सिर पहिलो हप्ता उदय हुने समितिले जनाएको छ । शुक्र उदय भएपछि मङ्सिर १० गतेपछि मात्र यस वर्षको विवाह तथा व्रतबन्धको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलको भनाइ छ ।  

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया