देश दुर्घटनामा पर्न नदिन राजनीतिक दलहरू सचेत हुनुपर्छ : कांग्रेस नेता निधि

 असोज १६, २०७९ आइतबार १६:२७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देशलाई राजनीतिक दुर्घटनामा पर्न नदिनका लागि राजनीतिक दलहरू सधैँ सचेत रहनुपर्ने बताउनुभएको छ । नेता निधिले देशमा दुर्घटना हुन्छ भन्ने आवाज पनि सुनिएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि राजनीतिक दलहरू सचेत रहनुपर्ने बताउनुभएको हो । 

१५३ औँ गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाली जनता परिवर्तनको पक्षमा उभिँदै त्यसलाई सदुपयोग गरेर देशको विकास र समृद्धिका लागि काम गर्न सक्षम रहेको भन्दै त्यसको अगुवाइ राजनीतिक दलहरूले गर्नुपर्ने स्पष्ट पार्नुभयो । नेता निधिले नेपालको मात्रै नभइ विश्वकै शान्ति, समृद्धि, विकास र मानव अधिकारको प्रवर्द्धनका लागि गान्धी विचाराधारा सबैभन्दा उत्तम बाटो भएको तर्कसमेत गर्नुभयो । आलोचकहरू पनि आज विश्वभर गान्धी र गान्धी विचारबाट प्रभावित हुँदै गएको उहाँको भनाइ थियो । 

उहाँले भन्नुभयो, ‘हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली ल्याएका छौँ । यहाँ पनि बेलाबखतमा सुनिन्छ– दुर्घटना हुन्छ, के हुन्छ भनेर । हामी सबै सचेत हुनुपर्दछ । नेपाली जनता नेपालमा परिवर्तनको पक्षमा, परिवर्तनलाई जोगाउनका लागि र परिवर्तनको सदुपयोग गरेर यसलाई अझै राम्रो दिशामा लगेर देशको हितमा काम गर्नका लागि अब सचेत भइसकेका छन । राजनीतिक दल त्यसका लागि सधैँ सचेत रहनु पनि पर्दछ र अगुवाइ पनि गर्नुपर्दछ ।’

नेता निधिले गान्धी विचारधारा मार्क्स विचारधाराभन्दा पनि माथि रहेको जिकिरसमेत गर्नुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया