सुपथ पसल झण्डै एक हप्ताका लागि बन्द : खसीबोका र च्याङ्ग्रा भोलिसम्म बिक्री हुने

 असोज १७, २०७९ सोमबार ८:२३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - दशैँ/तिहार र छठलाई केन्द्रित गरी सञ्चालन गरिएका सुपथ पसल झण्डै एक हप्ताका लागि बन्द भएका छन् ।

साल्ट ट्रेडिङले पाँच दिन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ८ दिन सुपथ मूल्यका पसलबाट बिक्रीवितरण नगर्ने भएका हुन् । साल्टले आजदेखि द्वादशीसम्म र खाद्यले हिजोदेखि पूर्णिमा बिक्रीवितरण बन्द गरेको छ । तर खसीबोका तथा च्याङ्ग्रा भोलि नवमीसम्म बिक्री गरिनेछ । सरकारले सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा बिक्री गरिरहेको छ ।

खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ । कम्पनीका बिक्री वितरण विभागका प्रमुख भीमबहादुर थापाका अनुसार हिजोसम्म झण्डै १५ सय खसीबोका काठमाण्डौ उपत्यका भित्रिएका र दुई सय सङ्ख्यामा बिक्री हुन बाँकी छ । त्यस्तै २ सय ११ वटा च्याङ्ग्रा ल्याएर बेचविखन गरिएको छ ।

बाँकी रहेका खसीबोका र च्याङ्ग्रा भोलिसम्म बेचिसक्ने उहाँले बताउनुभयो । त्यस्तै चाडपर्वमा उपभोक्तालाई सहुलियत दिने उद्देश्यले गएको असोज १ गतेदेखि खाद्यवस्तुमा छुटसहित सुपथ पसल सञ्चालन गरिएको हो । यस्ता पसल कात्तिक १५ गतेसम्म चल्नेछन् ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया