मनास्लु हिमालमा पुनः हिमपहिरो, एकजनाको मृत्यु

 असोज १७, २०७९ सोमबार १६:४५:३६ | रासस
unn.prixa.net

गाेर्खा –  उत्तरी गोर्खाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरो जाँदा  एकजनाको मृत्यु भएको छ ।

आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिराेमा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरोमा परेका चारमध्ये तीन जना भने तत्काल नै सम्पर्कमा आएका थिए । पहिरोमा परेका शेर्पा सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो । घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उहाँले बताउनुभयो ।

मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाइ शवपरीक्षणका लागि काठमाण्डौको शिक्षण अस्पताल पठाइएको एसपी खनालले जानकारी दिनुभयो । मृतकको शव परीक्षणपछि आफन्तलाई बुझाइने गाेर्खा प्रहरीले जनाएको छ । आइतवार बिहान पनि दोस्रो आधार शिविरमा हिमपहिरो गएको थियो ।

यसअघि गएको सोमवार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरो गएको थियो । त्यस हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । सोमवार गएको हिमपहिरोमा सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया