सङ्खुवासभा : नुहाउन गएका बाबु–छोरा बेपत्ता

 असोज १८, २०७९ मंगलबार १४:५०:४० | रासस
unn.prixa.net

फाइल तस्बिर

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभा खोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारका अनुसार दुवै जना सोमवार दिउँसो आफ्नै गाडी लिएर सभा खोला गएका थिए । उनीहरू घर नफर्किएपछि आज आफन्तले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता बाबु–छोराको खोजी भइरहेको गोदारले बताउनुभयो । प्रदेश १–०२–००२ च ५९२० नम्बरको जीप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभा खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ । 

बेपत्ताको खोजी गर्न दुई जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को नेतृत्वमा विभिन्न ठाउँमा प्रहरी टोली परिचालन गरिएको गोदारले बताउनुभयो । बेपत्ता तारानाथ अरुण तेस्रो आयोजनामा गाडी चालकका रूपमा कार्यरत थिए । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया